पाल्पा, पाल्पा जेसिजले संस्कृति संरक्षण गर्न जिल्लाको तानसेन नगरपालिका – ५ कैलाशनगर स्थित पार्कमा पिङ निर्माण गरेको छ । जेसिजले वडा कार्यालयको समन्वयमा नेपालीहरुको महान पर्व बडा दसैंको अवसरमा २ वटा लुठे पिङ निर्माण गरेको हो ।
पिङको लुम्बिनी प्रदेश सांसद तथा पुर्वमन्त्री वीरबहादुर रानाले एक कार्यक्रमकाबिच बुधबार उद्घाटन गरेका हुन् । पिङको उद्घाटन गर्दै सासद रानाले परम्परागत लुठे पिङ हराउँदै जान थालेको बेला जेसिजले पिङ निर्माण गरेर अनुकरणीय कार्य गरेको बताए । पिङले रौनक बढाउनुको साथै आन्तरिक पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणमा टेवा पुग्ने उनले विश्वास लिए ।
कार्यक्रममा स्थानीय, जनप्रतिनिधी, समाजसेवी, सुरक्षा प्रमुखहरु, जेसिजका पुर्व र वर्तमान पदाधिकारी, पत्रकार उद्योगी, व्यवसायीहरुको उपसस्थिति रहेको थियो । जेसिजका अध्यक्ष अर्जुन कार्कीको अध्यक्षता , महासचिव विजय कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।