Shittalpati
चाडपर्वले राष्ट्रिय  एकता सुदृढ पार्न सहयोग गर्छ : सभामुख मगर

बुटवल, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले चाडपर्बले  राष्ट्रिय एकता सुदृढ र सामाजिक सद्भाव एवं आपसी भातृत्व कायम गर्न सहयोग गर्ने बताए । विजया दशमी अर्थात बडादशैं २०८१ को पावन अवसरमा  शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले हाम्रा चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आफैमा सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका हुन् ।

"बहुभाषिक, बहजातीय बहुधार्मिक, बहुसांस्कृतीक विविधतायुक्त नेपालको सन्दर्भमा यि पर्वहरुले विशेष महत्व राखेको छ, जुन धार्मिक सहिष्णुता, जातीय एकता, सद्भाव एक महत्वपूर्ण विशेषता हो ।" शुभकामना सन्देशमा उल्लेख छ-" विभिन्न जात–जाति, समुदाय, क्षेत्र र धर्माबलम्वीका विशिष्ट परम्पराहरु हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेका छन् ।"
 धर्म निरपेक्षताले सबै धर्म र सम्वन्धीत समुदायको चाडपर्वहरुलाई सम्मान गरेको  र संघीय संविधानको रक्षा गर्दै विभिन्न जाती, धर्म, समुदाय, संस्कृति र समुदायको संरक्षण र संवद्र्धनका लागि अधिकार स्थापित गर्नु सबैको कर्तव्य भएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
  उनले बडादशैंले भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवं आपसी भातृत्व कायम गर्न समेत सफल रहोस भन्ने कामना गरेका छन्  ।
 उनले  लुम्विनी प्रदेश सभाले सामाजिक न्यायलाई स्थापित गर्न जातीय भाषिक र धार्मिक रुपमा सबैको हक अधिकार संरक्षणको लागि कानुन निर्माणमा विशेष ध्यान दिदै आएको जनाएका छन्  । सबै समुदायको राज्य सत्तामा अर्थपूर्ण सहभागिता नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वास्तविक मर्म र भावना भएको जनाउनु हुँदै उहाँले यसलाई सबैले मनन् गरी एकाकार भई अघि बढ्नु आजको आवश्यकता रहेको जनाएका छन्  ।

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update