Shittalpati
राष्ट्रपति पौडेलले दाजुको हातबाट टीका लगाए

काठमाडौँ , राष्ट्रपति कार्यालय शीतल निवासमा आजबिहान राष्ट्रपति रामचन्द्र पौडेलले  दशैँको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरे ।  राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षका दाजु डुण्डीराज पौडेलबाट शुभसाइतमा यस वर्षको दशैँको लगाएका हुन । उनले गुरु पुरोहितबाट पनि दशैँको टीका, जमरा र प्रसाद ग्रहण गरे । टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यहरुलाई पनि साइतमा टीका र जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

आजै दिउँसो राष्ट्रपति पौडेलले ३ बजे देखि ३ः३० बजेसम्म विशिष्ट व्यक्तित्वहरु तथा र साढे तीन देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका र जमरा लगाइदिने कार्यक्रम रहेको छ । सोही समयमा निजामती,जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि दसैँको टीका र जमरा लगाइदिने कार्यक्रम छ । यसैगरी दिउँसो साढे तीन बजे देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिनुहुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । दशैँको टीकाले धार्मिक, सांस्कृतिक, र पारिवारिक रूपमा गहिरो महत्व राख्दछ, जसले नेपाली समाजमा एकता, प्रेम र शान्तिको भावना प्रवद्र्धन गर्नेसमेत विश्वास लिइएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update