Shittalpati
पिङ्गबाट लड्दा युवककाे मृत्यु
सांकेतिक चित्र

पर्वत, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन विष्टका अनुसार जिल्लाको कुश्मा नगरपालिका १ पाङस्थित ततरकोटका २४ वर्षीय संजय परियारको पिङ्गबाट खसेर  मृत्यु भएको छ ।  साझकाे समयमा  पिङ खेल्दै गर्दा हात फुस्किएर जमिनमा बजारिएका परियारको टाउकोमा गम्भीर चोट लागेको थियो। लगत्तै उनलाई उपचारको लागि पर्वत अस्पतालमा लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

पाङका स्थानीय जयकृष्ण सुवेदीका अनुसार परियारको परिवारमा तीन वर्षीय र १५ महिने गरेर दुई छोराहरु, श्रीमती र आमा छन्। आर्थिक अवस्था निकै कमजोर रहेको परिवारका भएकाे हाम्रा संवाददाताले जनाएका छन ।

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update