Shittalpati
गुल्मीबाट आउँदै गरेको गाडी तानसेनमा दुर्घटना, ५ जना घाइते 

तानसेन, पाल्पाको तानसेन नगरपालिका –१ नारायणडाँडास्थित तानसेन–रानीमहल सडक खण्डमा गाडी दुर्घटना भएको छ । गुल्मीदेखि पाल्पातर्फ आउँदै गरेको लु १ ज ४९६८ नम्बरको इभी गाडी आज दिउँसो दुर्घटना भएको हो । 

दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा गुल्मीको मालिका गाउँपालिका– ५ का १५ वर्षीय थमन बहादुर कार्की, सोही ठाउँकी ३३ वर्षीया करिस्मा कार्की, २६ वर्षीया सिर्जना घिमिरे, ३० वर्षीय ज्ञानेन्द्र गिरी र ५६  वर्षीया निमा गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार घाइते ५ जनाकै अवस्था  सामन्य रहेको छ  । उनीहरुलाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पठाइएको छ । 

गाडी आफै अनियन्त्रीत भई सडकको दाँया साईडको भित्तामा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।  गाडीमा १३ जना सवार रहेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update