गाउँ घर
बिमला पाण्डे
कसलाई माया हुदैँन जन्मिएको माटो,
यादमै छ गुन्द्रुकको झोल अनि मकैको आटो ।
छाक नपुग्दा पैँचो मागेर खाको,
राम्रो नै हुन्थ्यो कपडा टालेर लको ॥
उकाली ओराली मेलापात जाँदा,
खुशी नै थिए ती दिन म्वाईसँग मकै भट्ट खाँदा ।
सहर पसेपछि रहर फेरिएको हो,
दुस्खीत जीवन खुशीले घेरिएको हो ॥
दसैँ तिहारले गाउँमा नै हर्ष उल्लास छाउन्थयो,
गरेर थकित भएनि साथ पाउँदा अझै गर्ने आट आउथ्यो ।
याद आउने त्यो बाल्यकालको धमिलो दिन,
स्वर्ग को आभाष हुन्छ यहाँ कति बेला बित्छन्न छिन ॥
तिम्रो मेरो भेट समयले बताउनेछ,
जाहाँ भएनी यो मन तिम्रै यादले सताउने छ ।
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१
प्रतिक्रिया दिनुहोस्