Shittalpati
संस्थागत विकास आवश्यक : प्रदेशप्रमुख यादव

बुटवल । प्रदेश पाँचका प्रदेश प्रमुख धर्मनाथ यादवले सघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकास, शासकीय सुधार तथा सुशासनको निरन्तरताबाट नै जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन सकिने बताएका छन् ।

गणतन्त्र दिवस २०७७ का अवसरमा विहिबार दिएको शुभकामना सन्देशमा उनले यसका लागि सबैको समन्वयात्मक र साझा प्रयासबाट मात्र सम्भव हुने बताए । उनले अहिले कोभिड–१९ जोखिम रहेको अवस्थामा मानव जीवनको रक्षा गर्नु नै प्रमुख उद्देश्य र प्राथमिकता बन्न पुगेको सन्देशमा उल्लेख गरेका छन् । उनले महामारीका कारण आम नागरिकको दैनिकी थप कष्टकर बन्दै गएको उल्लेख गर्दै भने, ‘यसबाट मुक्त हुन विभिन्न तहका सरकारबाट भएका प्रयासका साथसाथै समुदाय र नागरिकबीचको आपसी सहयोग र एकताले मात्र हामी मुक्त हुन सक्छौँ ।’ रासस

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update