Shittalpati
कार्तिकमा पनि घटाए बैंकहरूले निक्षेपको ब्याजदर

पाल्पा, वाणिज्य बैंकहरूले  कार्तिक महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । निक्षेप बढिरहेको र कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न नसक्दा बैंकहरुले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै लगेका हुन् ।

वाणिज्य बैंकहरूले बुधबार प्रकाशित गरेको कात्तिक महिनाको ब्याजदर सूचीअनुसार असोजको तुलनामा कात्तिकमा एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.२४५ प्रतिशत विन्दुले घटेको हो । जसअनुसार असोजमा एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसत ६.३९६ प्रतिशत रहेको थियो । कात्तिकका लागि यो ब्याजदर घटेर औसत ६.१५१ प्रतिशतमा कायम भएको छ । सञ्चालनमा रहेको २० वटा वाणिज्य बैंकहरुमध्ये ११ वटाले असोजको तुलनामा कात्तिकमा निक्षेपको ब्याजदर सामान्य घटाएका छन् । आठ वटाले स्थिर नै राखेका छन् भने एउटा बैंकले सामान्य बढाएको छ ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा कृषि विकास, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम, सिटिजन्स, नबिल, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, एनआईसी एसिया र हिमालयन बैंक छन् । स्थिर राख्नेमा ग्लोबल आईएमई, कुमारी, एसबीआई, नेपाल, इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, एभरेस्ट, एनएमबी र प्रभु छन् ।

 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update