Shittalpati
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल र डिजेलको मूल्य अब कति ?

पाल्पा, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।

जस अनुसार निगम सञ्चालक समितिको बैठकले  पेट्रोलमा प्रतिलिटर १, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि गरेको छ । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १ सय ५६ दशमलव ५०, दोस्रो वर्गमा १ सय ५८ र तेस्रो वर्गमा १ सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा १ सय ४८.५०, दोस्रो वर्गमा १ सय ५० र तेस्रो वर्गमा १ सय ५१ रुपैयाँ कामय भएको छ ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवासी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update