Shittalpati
कार्तिक १ गतेदेखि तानसेनमा खानेपानी महसुल घट्ने 

पाल्पा, तानसेनमा विहीबारदेखि खानेपानी महसुल घट्ने भएको छ । तानसेन खानेपानी उपभोक्ता समितिको बुधबार बसेको बोर्ड बैंठकले कार्तिक १ गते अर्थात् भोलीदेखि लागु हुने गरी महसुल घटाइने पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । खानेपानीको महसुल अत्यधिक भएको भन्दै स्थानीय उपभोक्ताले मूल्य समायोजन गर्न आग्रह गर्दै आएपछि समितिले खानेपानीको महसुलमा परिवर्तन गरेको हो ।

उपभोक्ताले खानेपानीको महसुल महँगो भएको,न्यूनतम मूल्य बढी भएको बताउँदै आएका थिए । उपभोक्ताको मागर समितिको निर्णय अनुसार यस अघि कायम गरिएको मूल्यभन्दा कम बनाएर मूल्य समायोजन गरिएको समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले जानकारी दिए । समितिले ग्राहस्थ र गैर ग्राहस्थ (सरकारीकार्यालय, संघसंस्था, होटल व्यवसाय, विद्यालय) गरी दुई भागमा विभाजन गरी मूल्य समायोजन गरेको छ । समितिका अध्यक्ष श्रेष्ठका अनुसार ग्राहस्थतर्फ न्यूनतम एक हजार लिटरसम्म ३ सय रुपैयाँ कायम गरिएको छ । एक हजारदेखि १० हजार लिटरसम्म प्रतिहजार ३० रुपैयाँ, ११ हजार लिटरदेखि १५ हजार लिटरसम्म प्रतिहजार ८० रुपैयाँ मूल्य कायम गरिएको छ । यस्तै  १६ हजार लिटरदेखि २० हजार लिटरसम्म प्रतिहजार एक सय, २१ हजारदेखि ३० हजारसम्म प्रतिहजार २ सय, ३१ हजारदेखि ४० हजारसम्म प्रतिहजार २ सय ५० र ४१ हजार लिटरदेखि माथिका लागि प्रतिहजार लिटर ३ सय थप हुने समितिका अध्यक्ष श्रेष्ठले बताए ।

यस्तै समितिले गैर ग्राहस्थ (सरकारी कार्यालय, संघसंस्था, होटलव्यवसाय, विद्यालय) का लागि पहिलेको महसुलमा १० प्रतिशत घटाएको छ । जहाँ न्यूनतम  महसुल २ सय रहेको छ । समितिले एक हजार लिटरदेखि ५ हजार लिटरसम्मका लागि ५४ रुपैयाँ, एक हजारदेखि १० हजार लिटर सम्मका लागि ७२ रुपैयाँ, एक हजारदेखि १५ हजार लिटर सम्मका लागि ९० रुपैयाँ,एक  हजारदेखि २० हजार लिटर सम्मका लागि १ सय८ रुपैयाँ, एक हजारदेखि २५ हजार लिटर सम्मका लागि १ सय ३५, एक हजारदेखि ३० हजार लिटर सम्मका लागि १ सय ६२, एक हजार लिटरदेखि ५० हजार लिटर सम्मका लागि १ सय ८० र एक हजारदेखि ५१ हजार लिटर माथिको लागि २ सय २५ थप हुने गरि मूल्य समायोजन गरिएको छ । उपभोक्ताको हितलाई मध्यनजर गरी मूल्य समायोजन गरिएको अध्यक्ष श्रेष्ठले बताए । उपभोक्ताबाट एक  हजार उठाएर उपभोक्ता कल्याणकोष स्थापना गरी उपभोक्ताकै हितका लागि  खर्च गर्नेनिर्णय समेत समितिले गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले उपभोक्ता समितिले ढिलाई भए पनि उपभोक्तालाई राहत हुने गरी मूल्य समायोजन गरेकोमा खुसी व्यक्त गरे । उनलेनयाँ समिति आएदेखि तानसेनवासीले खानेपानीमा सहज महसुस समेत गरेको बताए । समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षता, सचिव प्रेम मल्लको सञ्चालनमा पत्रकार सम्मेलन भएको  थियो ।   

यस्तो छ खानेपानी महसुल समायोजनपछिको मूल्य 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update