Shittalpati
पाल्पाका शक्तिपीठहरुमा ‘सराए नाच’

पाल्पा,  बडादशैको अन्तिम दिन विहीबार कोजाग्रत पूर्णिमाको दिन पाल्पाका शक्तिपीठ कोटघर र देवी मन्दिरहरुमा ‘वाख्यै’ हो भन्दै तरबार नचाउदै  सराय नाच निकालिएको छ । देवी भगवती दुर्गाले राक्षस, असुरहरुलाई  तरवारको प्रयोग गरी  बध गरी विजय प्राप्त गरेको सम्झना स्वरुप  पाल्पाका गाउँ–गाउँका डाँडा र मन्दिरहरुमा  वाख्खै हो भन्दै तरवार नाच देखाइएको हो । 

बडा दसैंको अवसरमा देवी भगवती मन्दिरहरुमा खेलिने तरवार नाच निकै प्रचलित हुँदै आए पनि नयाँ पुस्तामा हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको छ । पाल्पाका प्रत्येक देवी, भगवती मन्दिरहरुमा निकालिने सराय नाच तानसेनको लिपिन्देवी मन्दिर, बौघागुम्वा, छहराको कटौजेपानी, भुवनपोखरीको रैनादेवी, लगायतका मन्दिरमा प्रदर्शन गरिएको छ । 

विगतका समयमा मनोरञ्जनका साधन नभएकाले यस्ता नाचहरु मनोरञ्जनमा मानिसको ध्यान केन्द्रित भए पनि आजकल सामाजिक सञ्जालको कारण संस्कृति लोप हुने अवस्थामा पुगेको बुढापाका बताउछन् । नाचमा पाकापुस्तादेखि युवाहरुले सामुहिक र एकल रुपमा  तरवार नचाएका थिए ।  निकै जोखिम, खतरापुर्ण खेलको रुपमा तरवार नाचलाई लिने गरिन्छ । होसियारी नअपनाएमा तरवार नचाउनेदेखि दर्शकहरुको ज्यान समेत जान सक्ने भएकाले निकै लामो अभ्यास पछि मात्र तरवार नचाउने गरिएको मन्दिरका पुजारीहरुले बताउने गरेका छन् । 


  

  

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update