Shittalpati
कार्तिक स्नान र आकाशदीप प्रज्वलन सुरु

पाल्पा, आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीपदान शुरु गरिएको छ । आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गापक्ष समाप्त भएसँगै कार्तिक स्नान, आकाशदीपदान शुरु भएको हो ।

बडा दसैंको समापनसँगै कोजाग्रत पूर्णिमाबाटै कार्तिक स्नान र आकाशदीप एक महिनासम्म प्रन्वलन गरिन्छ । कार्तिक स्नानसहित आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याएर बालिन्छ । 

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको नेपाल पञ्चा· निर्णायक समितिले जनाको छ । कार्तिक स्नान गर्नेले कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update