Shittalpati
पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

काठमाडौँ, सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । रवि लामिछानेमाथि सहकारीसँगै संगठित अपराध गरेको आरोप छ ।  उनलाई पार्टी कार्यालय वनस्थलीमा रहेको बेला काठमाडौँको प्रहरी टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो । उनलाई सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान गर्ने गरी पक्राउ गरिएको हो । उनलाई अहिले नै पोखरा लगिने प्रहरी श्रोतले बतायो । उनलाई संगठित अपराधमा पनि अनुसन्धान गर्नका लागि पक्राउ गर्न अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीले अनुमति लिएको थियो ।

लामिछानेलाई पक्राउ गरेपछि रास्वपाका कार्यकर्ताले विरोध गरेका छन् ।  लामिछानेलाई प्रहरीले पक्राउ गरेर लगेपछि रास्वपाका कार्यकर्ताले सडक अवरुद्धसमेत गरेका छन् । पक्राउ पर्नुअघि पत्रकार सम्मेलन गर्दै रवि लामिछानेले सबै चिजको सामना गर्ने खुलासा गरे । लामिछानेलाई पक्राउ पुर्जी जारी गर्न आग्रहका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया र डीएसपी बसन्तकुमार शर्माको टोली अदालत पुगेको थियो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update