Shittalpati
पोखरामा रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताको प्रदर्शन

पोखरा, पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार पक्राउ गरेपछि पोखरामा रास्वपाका कार्यकर्ताले प्रदर्शन सुरु गरेका हुन् ।

शनिवार बिहानैदेखि पोखरामा भेला भइ रास्वपाका नेता/कार्यकर्ताहरुले बिरोध जनाएका छन् । उनीहरुले बिना कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए । उनीहरले सहकारी पीडितलाई न्याय दे, मानव तस्करहरुलाई कारबाही गर, दलाल माफियाहरु होशियार लगायतका प्लेकार्ड र नारा लगाइ बिरोध जनाएका छन् ।

लामिछानेलाई शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको थियो । लगत्तै लामिछानेलाई स्थलमार्गबाट यहाँ ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको हो । उनी  अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update