Shittalpati
सोमबार गुुल्मी दरबारका शिक्षण संस्थामा शोक बिदा

गुल्मी, गुल्मी दरबार गाउँपालिका भित्रका शिक्षण संस्थामा सोमबार शोक विदा दिइएको छ । गुल्मीदरबार गाउँपालिकाले एक शिक्षकको मृत्यु भएपछि शिक्षण संस्थाहरुमा शोक बिदा दिएको हो ।

वडा नम्बर ५ मा रहेको शारदा माध्यमिक विद्यालयमा अध्यापन गराउने स्थायी शिक्षिका ३१ वर्षीया गीता खत्रीको मृत्युु भएपछि पालिकाले एक दिन शोक विदा दिइएको जनाएको छ । पालिकाले आइतबार एक सूचना जारी गर्दै पालिकाभित्रका सम्पूर्ण शिक्षण संस्थाहरुले शोक प्रस्ताव पारित गरी एक मिनेट मौन धारण गर्ने त्यसपछि श्रद्धाञ्जली प्रकट गर्दै सोमबार विद्यालयका पठन–पाठन बन्द गर्न अनुरोध गरेको छ । शिक्षकको निधनले गाउँपालिका परिवार अत्यन्त शोक स्तब्ध भएको भन्दै एक दिन शिक्षण संस्थामा शोक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेद्वारा जारी सूचनामा उल्लेख छ ।

‘शारदा माध्यमिक विद्यालयको प्राथमिक तहमा कार्यरत स्थायी शिक्षक गीता खत्रीको मिति २०८१/०६/२४ गतेका दिन भएको अकल्पनीय निधनप्रति गुल्मीदरबार गाउँपालिका परिवार शोक स्तब्ध भएका छौं । शोकको यस घडीमा दिवगंत आत्माप्रति चिर शान्तिको कामना सहित शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । साथै मिति २०८१/०७/०५ गते बाह्रौं पूण्य तिथिका दिन यस गाउँपालिका अन्तर्गतका सम्पूर्ण शिक्षण संस्थाहरुले शोक प्रस्ताव पारित गर्ने, १ मिनेट मौनधारण गरी श्रद्धाञ्जली प्रकट गर्ने र पठन–पाठन बन्द गर्नु गराउनुहुन अनुरोध छ’सूचनामा भनिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update