Shittalpati
सुनको मूल्य हालसमम्मकै उच्च : पुुग्यो १ लाख ६५ हजार

पाल्पा, स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला  छ सयले वृद्धि भइ एक लाख ६५ हजार कायम भएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला  एक लाख ६४ हजार चार सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा ९५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि भने दुई हजार ७५ निर्धारण भएको महासंघले जनाएको छ ।

अहिले सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार  रुपैयाँ निर्धारण गरिए पनि उक्त मूल्यमा सर्वसाधारणले गहना पाउँदैनन् । गहनामा व्यवसायीले ज्याला र जर्तीका नाममा थप १२ देखि १८ प्रतिशत शुल्क जोड्छन् । त्यस्तै बिहीबारको तुलनामा चाँदीको मूल्यमा शुक्रबार ३० रुपैयाँले वृद्धि भएको छ । सुनको भाउले अझै बढ्ने क्रम जारी छ ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update