Shittalpati
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

पाल्पा, कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा आइतबार सावजनिक गरेको हो । 

सार्वजनिक नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा एक लाख २२ हजार एक सय ७१ विद्यार्थी सहभागी भएका थिए । सहभागी परीक्षार्थीमध्ये ८६ हजार दुई सय ४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । परीक्षामा दुई जनाको नतिजा रद्द गर्नुका साथै तीन जनाको परीक्षा स्थगित भएको थियो । सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिनसक्ने बोर्डले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update