Shittalpati
सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ, स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला  छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । 

आइतबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६५ हजार छ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला २० वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने दुई हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update