Shittalpati
पाल्पामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुबिच भलिबल हुँदै

पाल्पा, पाल्पामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीहरुबिच प्रतिष्प्रर्धा हुने भएको छ । राष्ट्रियस्तरमा चर्चा कमाएको मण्डली स्पोर्टस क्लव पूूर्वखोला –१ सिलुवाको आयोजनामा हुन लागेको खुला क्लवस्तरीय पुरुष तथा महिला भलिवल प्रतियोेगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीहरुबिच प्रतिष्प्रर्धा हुने भएको हो ।

स्पोर्टस क्लवले यहि आउँदो कार्तिक २१ गते देखी २४ गते सम्म आठौं मण्डली कप २०८१ सञ्चालन गर्न लागेको छ । प्रतियोगितामा क्लवहरुमार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय भलिवल खेलाडीहरुको सहभागिता रहने छ । क्लवमार्फत जुनसुकै स्थानका खेलाडीहरु पनि प्रतियोगितामा प्रतिष्प्रर्धाको अवसर पाउने  क्लवका अध्यक्ष एव भलिबलका राष्ट्रिय रेफ्री अन्त प्रसाद श्रेष्ठले बताए । प्रतियोगितामा विभागिय टोली बाहेक अन्य जुनसुकै क्लवहरुले पनि प्रतिष्प्रर्धा गर्न पाउने र विभागिय क्लवका खेलाडीहरु पनि अन्य क्लवमार्फत प्रतियोगितामा सहभागी हुन पाउने स्पोर्टस क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा पुरुष तर्फ ६ वटा क्लव र महिलातर्फ ४ वटा क्लवको सहभागिता रहने छ । प्रतियोगितामा १४ वटा खेल हुने छन् ।

पुरुष भलिबल प्रतियोगितातर्फ प्रथम हुनेलाई नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र  द्धितिय पुरस्कार नगद १ लाख कप, मेडल र प्रमाणपत्र  तृतिय पुरस्कार नगद ७० हजार कप, मेडल र प्रमाणपत्र, सान्तवना पुरस्कार नगद ३५ हजार कप, मेडल र प्रमाणपत्र , वेष्ट प्लेयरलाई ५ हजार, वेष्ट स्पाईकर २ हजार, वेष्ट डिफेन्सर २ हजार, वेष्ट सेटर २ हजार, वेष्ट सर्भर २ हजार, वेष्ट ब्लकर २ हजार पुरस्कार रहेको क्लवका सचिव कृष्ण प्रसाद पंगेनीले बताए ।  

यसैगरी महिलातर्फ प्रथम पुरस्कार नगद ३० हजार कप, मेडल र प्रमाण, द्धितिय पुरस्कार नगर २० हजार कप, मेडल र प्रमाणपत्र,तृतिय पुरस्कार नगद १० हजार कप, मेडल र प्रमाणपत्र र सान्तवना पुरस्कार नगद ५ हजार कप, मेडल र प्रमाणपत्र  वेष्ट प्लेयरलाई २ हजार, वेष्ट स्पाईकर १ हजार, वेष्ट डिफेन्सर १ हजार, वेष्ट सेटर १ हजार, वेष्ट सर्भर १ हजार, वेष्ट ब्लकर १ हजार पुरस्कार रहेको क्लवले जनाएको छ । प्रतियोगितामा क्लव दर्ता निःशुल्क, खेलाडीहरुलाई खान बस्न निःशुल्क व्यवस्था गरिएको आयोजकले जनाएको छ । क्लवले तानसेनमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधव अर्याल लगायतले प्रतियोगिताले पाल्पामा खेलकुद पर्यटनको विकासमा बृद्धि हुने बताए । प्रतियोगिता सफल बनाउन सिङ्गो जिल्ला एकजुट भएर सहयोग गर्नुपर्नेमा दुबै वक्ताले जोड दिए । प्रतियोगितामा स्थानीय कलासंस्कृतिको प्रस्तुती, स्थानीय कौडा नाच, राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update