गुल्मी, गुल्मी दरबार गाउँपालिका भित्रका शिक्षण संस्थामा आज शोक विदा दिइएको छ । गुल्मीदरबार गाउँपालिकाले एक शिक्षकको मृत्यु भएपछि शिक्षण संस्थाहरुमा शोक बिदा दिएको हो ।
वडा नम्बर ५ मा रहेको शारदा माध्यमिक विद्यालयमा अध्यापन गराउने स्थायी शिक्षिका ३१ वर्षीया गीता खत्रीको मृत्यु भएपछि पालिकाले एक दिन शोक विदा दिइएको जनाएको छ । पालिकाले आइतबार एक सूचना जारी गर्दै पालिकाभित्रका सम्पूर्ण शिक्षण संस्थाहरुले शोक प्रस्ताव पारित गरी एक मिनेट मौन धारण गर्ने त्यसपछि श्रद्धाञ्जली प्रकट गर्दै सोमबार विद्यालयका पठन–पाठन बन्द गर्न अनुरोध गरेको छ । शिक्षकको निधनले गाउँपालिका परिवार अत्यन्त शोक स्तब्ध भएको भन्दै एक दिन शिक्षण संस्थामा शोक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेद्वारा जारी सूचनामा उल्लेख छ ।