Shittalpati
रवि र छविलाई थप सात दिन हिरासतमा राख्न अनुमति

पोखरा, सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका उनीहरुलाई विहिबार  थप ७ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै जिल्ला प्रहरी कास्कीले लामिछानेलाई आज बिहान अदालत उपस्थित गराएको थियो । गत आइतबार पूर्वगृहमन्त्री लामिछानेमाथि किर्तेसहित संगठित अपराधमा अनुसन्धान गर्न अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।  सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले लामिछानेलाई गत शुक्रबार काठमाडौंमा पक्राउ गरेको थियो । यस्तै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविराज जोशीलाई पनि ७ दिन म्याद थप गरिएको छ । प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सहकारीको रकम अपचलनको मुख्य योजनाकार मानिएका जिबी राई भने फरार छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update