पाल्पा, श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २४ औं वार्षिक साधारणसभा मनाएको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमबिच साधारण सभा मनाएको हो ।
सभाको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि खनालले जिल्लाको आर्थिक विकासमा श्रीनगर सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सहकारीको नेतृत्व र कर्मचारीको लगावले सहकारी उत्कृष्ट भएको धारणा व्यक्त गरे । तानसेन नगरपालिका सहकारी विभाग प्रमुख विष्णु पौड्यालले तीन खम्बे अर्थ नीति मध्ये सहकारी एक भएको बताए । उनले आर्थिक विकासमा सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको औल्याए ।
सहकारीका अध्यक्ष झपेन्द्र गहिरेले सहकारीले १७ करोडको हारहारीमा कारोबार गर्न सफल भएको बताए । अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै उनले यो बर्ष आफ्नै जग्गामा भवन निर्माण गरी सहकारीलाई थप प्रविधीमैत्री बनाउने गरी आफुहरु अगाडि बढेको जानकारी गराए । अध्यक्ष गहिरेले सहकारीले जनताको गर्जो टार्ने काम गर्दै आएको उल्लेख गरे । उनले पछिल्लो समय केही सहकारीहरुमा आर्थिक अपचलन भएका समाचारहरु आइरहेकाले श्रीनगर सहकारीमा त्यस्तो नभएकाले ढुक्क भएर लगानी गर्न शेयर सदस्यहरुलाई आग्रह गरे । सचिव भरत शर्माले सचिवको संगठनिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको मर्म, सिद्धान्त र नीति नियम भित्र रहेर कारोबार गर्दै आएकाले आफुुहरु अन्य सहकारीहरु भन्दा अग्रस्थानमा आउन सफल भएको बताए । शेयर सदस्य पर्शुुराम सापकोटोले सबैको विश्वास जित्ने गरी काम गर्न सहकारीलाई आग्रह गरे । कार्यक्रममा कोषाध्यक्ष बेदराम श्रीसले सहकारीको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षक समितिका संयोजक जयराम सुवेदीले लेखा सुपरिवेक्षकको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीले जेष्ठ नागरिक सुलोचना शाहा, कृष्ण चन्द्र रायमाझी, भिमबहादुर चौहान, बुद्ध लक्ष्मी श्रेष्ठलाई सम्मान गरेको छ । यस्तै उसले उत्कृष्ट बचततर्फ इसफ मियाँ, करन थापा, धिरजसिं घर्ती मगर, दिवाकर खनाल, कमल ढकाल, रुपकला विक, बाल बचततर्फ वर्षा कुंवर, कर्जातर्फ विद्या शाक्यलाई सम्मान गरेको छ । सहकारीले शेयर सदस्यहरुका छोरा छोरी मध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याई उर्तिण हुने प्रकृति थापा, निकिता देवकोटा, संकल्प आचार्य, आयुुष गैरे, उत्कृष्ट कर्मचारीतर्फ मुना श्रेष्ठ, तम्सरी सोमै, सीता घिमिरेलाई पनि सम्मान गरेको छ । सहकारीका अध्यक्ष झपेन्द्र गहिरेको अध्यक्षता ,सहकारीकी प्रबन्धक कविता नेपालको स्वागत, सचिव भरत शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।