गुल्मी, काँग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले आज सत्यवती गाउँपालिका – ६ स्थित डहरे खोलामा पुल शिल्यान्यास गर्ने भएका छन् । भण्डारीकै पहलमा त्यहाँ पुल निर्माण हुन लागेको हो ।
रिडी, रुद्रवेणी, बुर्तिवाङ सडकमा पर्ने डहरे खोलामा पुल नहुँदा पैदल यात्री र सवारी साधनलाई ठूलो जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । नेता भण्डारीले पुल निर्माण गर्न बजेट विनियोजनका लागि पहल गरेका थिए । पुलको शिलान्यास हुने भएपछि स्थानीयसँगै यात्रुमा आशा जागेको छ । आज गुुल्मी क्षेत्र नं. १ का विभिन्न ठाउँमा हुन लागेका औपचारिक कार्यक्रमलाई सम्बोधन गर्न भण्डारी गुल्मी आएका छन् । नेता भण्डारीले नेपाली काँग्रेस गुल्मीको पालिकास्तरीय प्रशिक्षण कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको उनको सचिवालयका बोधराज कंडेलले जानकारी दिए । उनका अनुसार आज विहान साढे ११ बजे रूरू क्षेत्र गाउँपालिकाको घ्यूवेसी सभाहलमा हुने कार्यक्रममा उनी सहभागी हुने छन् । त्यस लगत्तै छत्रकोट गाउंँपालिका –१ हुंगामा तोल्गा भगवती युवा क्लवले आयोजना गरेको क्रिकेट खेलको समापन कार्यक्रमलाई सम्बोधन गर्न दिउँसो साढे २ बजे पुुग्ने छन् ।