Shittalpati
प्रदेशमा सुशासन कायम गर्न लागेका छौं : मुख्यमन्त्री आचार्य

रुपन्देही, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा सुशासन कायम गर्न लागेको बताएका छन् । उनले शनिबार भैरहवामा भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना– २०८१ का बारेमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकार सुशासन कायम गर्न लागि परेको बताएका हुन् ।

प्रदेशमा सुशासन कायम गर्न रणनीतिक योजना बनाउने कामलाई अन्तिम चरणमा पु¥याएको पनि उनले बताए । ‘भ्रष्टाचारलाई शून्यमा झार्ने गरी सुशासन कायम गर्न प्रदेश सरकारले पाँचवर्षे रणनीतिक योजना निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको छ,’ उनले भने, ‘सुशासन कायम नहुँदा भ्रष्टाचार बढेर गएको छ । त्यसैले जति सुशासन कायम गर्न सकिन्छ, भ्रष्टाचारको प्यारामिटर घट्दै जाने हो ।’भ्रष्टाचार शून्यमा झार्न राजनीतिक नेतृत्व, कर्मचारी तह लगायत जिम्मेवारीमा रहेकामा नैतिकता र इमानदारी व्यवहारको आवश्यकता रहेको समेत उनले बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update