Shittalpati
नेपाली काँग्रेसको रुरु–रेसुङ्गा प्रशिक्षण अभियान सुुरु

गुल्मी, नेपाली काँग्रेस गुल्मीको रुरु–रेसुुङ्गा प्रशिक्षण अभियान सुुरु भएको छ । स्थानीय तहका अगुवा कार्यकर्तालाई प्रशिक्षणका माध्यमबाट  क्रियाशिल बनाई  पार्टी संगठनलाई बलियो बनाउन आइतबारदेखि अभियान सुुरु भएको हो ।

नेपाली काँग्रेस रुरु क्षेत्र गाउँ कार्यसमितिको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमलाई नेपाली काँग्रेसका केन्दीय सदस्य तथा गुल्मी क्षेत्र नं. १ संघीय सांसद डा. चन्द्र भण्डारीले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै नेता भण्डारीले प्रशिक्षणको माध्यामबाट संगठन विस्तारलाई अगाडि बढाउनु पर्ने भएको बताए । उनले प्रशिक्षणले मात्र  पार्टी संगठन बलियो हुने उल्लेख गरे ।

 

कार्यक्रमका विशिष्ठ अतिथि नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले गाउँ–गाउँसम्म संगठन विस्तारका लागि उत्प्रेरणा जगाउनका लागि प्रशिक्षण आवश्यक रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रशिक्षण विभागका प्रमुख भुवनप्रसाद श्रेष्ठ, जिल्ला सभापति खिलध्वज पन्थी, प्रशिक्षण शाखाका प्रमुख अनन्तराम पौड्याल, सचिव जगदीश भट्टराई, भगत सिंह खड्का, राष्ट्रियसभाका सांसद विष्णु सापकोटा, जिल्ला कार्यसमितिका सदस्य हेमन्ता अर्याल लगायतका विभिन्न नेताले विभिन्न विषयमा प्रशिक्षण दिने छन् । यहाँ प्रशिक्षण दुुई दिनसम्म चल्ने छ । प्रशिक्षण विभागका प्रमुख अनन्त राम पौडेलको सभापतित्व,  रुरु गाउँ समितिका उपसभापति मधु ज्ञवालीको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको थियो ।

नेपाली काँग्रेस गुल्मीको कार्तिक ६ गतेको बैंठकले गरेको निर्णयलाई कार्यान्वयन गर्ने क्रममा कार्तिक ११ देखि मंसीर २९ गते सम्म जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरि १२ बटै स्थानीयतहका अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update