Shittalpati
रेडक्रस पाल्पाले छिट्टै ब्लड बैंक सञ्चालन गर्दै 

पाल्पा, नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले तानसेनमा छिट्टै ब्लड बैंक सञ्चालन गर्ने गरी तयारीलाई अगाडि बढाएको छ । शाखाले तत्काललाई ब्लड बैंक सञ्चालन गर्न आफ्नै कार्यालयमा ल्याव कक्ष निर्माण गरिसकेको र आवश्यक उपकरण खरिदको लागि प्रक्रिया अगााडि बढाइसकेको जनाएको छ । उसले रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ सञ्चालन गरेको ‘हाम्रो ब्लड बैंक,हामी बनाउछौं’ भन्ने महाअभियानमा सहयोग जुुटीरहेकाले छिट्टै ब्लड बैंक सञ्चालनमा ल्याउने तयारी भइरहेको सोमबार कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । 

कार्यक्रममा हालसम्म महाअभियानबाट प्राप्त उपलब्धीका बारेमा जानकारी गराउँदै ब्लड बैकको स्थायी भवन निर्माणको लागि शहरी विकास मन्त्रालयबाट १ करोड ५३ लाख र स्वास्थ्य मन्त्रालयबाट उपकरण खरिदको लागि ५० लाख बजेट विनियोजन भएको बताइएको छ । हालसम्म यशस्कर सदस्यबाट ६ लाख, विशिष्ट सदस्यहरु बाट २२ लाख, स्मृतिकोषबाट ७ लाख, विभिन्न संघ संस्थाबाट ६ लाख ८० हजार र देशबाहिर काम गर्न गएका विभिन्न व्यक्ति, संघ संस्थाबाट ३ लाख ९५ हजार गरी ४४ लाख ७५ हजार संकलन भएको शाखा सभापति  बाबुराम कार्कीले जानकारी दिए ।

ब्लड बैक सञ्चालनको लागि ५ करोड ७५ लाख बजेट आवश्यक भएकोमा भवन निर्माण तथा सामाग्री खरिदको लागि २ करोड ३ लाख नगद मात्र संकलन भएको छ । सरकारी तथा गैरसरकारी तवर बाट गरी २ करोड ४७ लाख ७५ हजारको मात्र श्रोत सुनिश्चित भएकोमा अझै आधा भन्दा धेरै रकम संकलन गर्नुपर्ने भएकोले सबैपक्षबाट ब्लड बैक सञ्चालनको लागि सक्दो सहयोग गरिदिन सभापति कार्कीले सबैमा अनुरोध गरे ।

संस्थाले ३ करोड अक्षयकोषमा राखेर त्यसबाट  आएको व्याजले कर्मचारी र प्रशासनिक खर्च चलाउने र बाँकी  पौने ३ करोड भवन निर्माण र सामग्री खरिदमा खर्चिने योजना बनाएको छ । भवन निर्माणका लागि पाल्पा लायन्स क्लव अफ पाल्पाले भुसालडाँडा क्षेत्रमा निःशुल्क जग्गा प्रदान गरेको छ । पाल्पाका ८ गाउँपालिकाले ५ लाखका दरले ४० लाख, २ वटा नगरपालिकाले १० लाखका दरले २० लाख अनुदान सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको शाखाका निवर्तमान सभापति बुद्धि प्रसाद शर्माले बताए । उनले ब्लड बैंकलाई सहयोग गर्नु भनेको हरेक व्यक्तिको जीवन बचाउन गरिएको महापुण्य कार्य भएकाले सबैपक्षलाई सहयोगमा जोडिन आग्रह गरे । अभियानमा स्वदेश तथा विदेशमा रहेका पाल्पालीहरू तथा संघसंस्थाहरुले उल्लेखीय रुपमा साथ दिएको शाखाका उपसभापति भीमसेन कार्कीले बताए । उनका अनुसार पाल्पादेखि बाहिर रहेका पाल्पाली समाज पोखरा, पाल्पाली समाज काठमाडौं, लघुवा समाज काठमाडौं तथा विदेशमा रहेका पाल्पाली सेवा समाज कतार, पाल्पाली संगम अमेरीका, नमस्ते पाल्पा परिवार दक्षिण कोरियाहरुले आर्थिक सहयोग गरेका छन् ।  

आफुुहरु तानसेनमा छिट्टै ब्लड बैक सञ्चालनको तयारीमा जुटेको कार्यालयका मन्त्री केशवराज नेपालले बताए ।  उनका अनुसार अहिले ब्लड बैंक सञ्चालनको लागि आफ्नै कार्यालयमा ल्याव कक्ष निर्माण गरिएको र आवश्यक उपकरण खरिदको लागि  प्रक्रिया अगााडि बढाइको  छ ।  पाल्पामा  हाल वार्षिक ४ हजार युनिट रगतको आवश्यकता पर्दछ । त्यसको परिपूर्तिको लागि २०८० चैतदेखी निरन्तर सहयोग अभियान सञ्चालन गर्दै आएको कार्यालयका अधिकृत विनोद भारतीले बताए । रक्तसञ्चार केन्द्र स्थापना भएपछी पाल्पाका ठूूला अस्पतालहरुमा आवश्यक पर्ने रगत ब्लड बैंकबाटै उपलब्ध हुनेछ ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष रेखीराम राना, उपाध्यक्ष भरत शर्मा, पूूर्व अध्यक्ष गोविन्द भट्टराई, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्की लगायतका पत्रकारहरुले रेडक्रसले सञ्चालन गरेको महाअभियान उत्साहजन रहेको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे । उनीहरुले अहिलेको नेतृत्वले अभियानमा सक्रियता देखाए पनि अब आउने नेतृत्वले कतै बिचमै अलपत्र पार्ने हो कि भन्ने कुरामा सर्तक रहन सुुझाए । पत्रकारहरुले अहिलेकै नेतृत्वको कार्यकाल लम्ब्याएरै भए पनि ब्लड बैंक सञ्चालनमा ल्याउन जोड दिए । आगामी ३ महिना भित्र ब्लड बैक सञ्चालन गर्ने गरी तयारीका काम भईरहेकाले ढुुक्क हुन अहिलेको नेतृत्वले आश्वस्त पारेको छ ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update