Shittalpati
एमालेलाई गुरुङले दिएको जग्गामा कुनै संरचना नबनाउन सर्वोच्चको आदेश

पाल्पा, नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरूङले दिएको जग्गामा कुनै पनि संरचना नबनाउन सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको छ । उक्त विषयमा परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरी छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका– २ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका लागि जग्गा दान गरेका थिए । गुरुङ दम्पत्तीले दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका छन् । राज्यका निकायहरूबाट विभिन्न मुद्दामा दोषी ठहर भएका गुरूङसँग सत्तारुढ दलले जग्गा लिएकोमा विरोध भइरहेको छ । एमालेले भने सहयोग लिन कुनै बाधा नपर्ने भन्दै गुरूङकै बचाउ गर्दै आएको छ ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update