Shittalpati
रामपुरमा किशोर –किशोरी प्रजनन् स्वास्थ्य तथा महिला वित्तीय साक्षरता

पाल्पा, जिल्लाको रामपुरमा किशोर–किशोरी प्रजनन् स्वास्थ्य तथा महिला वित्तीय साक्षरता कार्यक्रम भएको छ । रामपुर –१० वडा कार्यालयको आयोजनामा कार्यक्रम भएको हो ।

नगर प्रमुख रमण बहादुर थापाले कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न समयमा हुने सचेतनात्मक कार्यक्रमले मानिसलाई सचेत बनाउने भन्दै यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।

मानिसको सफल जीवन र सकारात्मक सोँचको विकासका लागि चेतनामूलक कार्यक्रम आवश्यक रहेको  उनले उल्लेख गरे । हरेक किशोर किशोरीको अवस्थामा विभिन्न स्वास्थ्य समस्या आईपर्ने र उक्त समस्या समाधानका लागि स्वयम सचेत हुनुपर्नेमा नगर प्रमुख थापाले जोड दिए । उनले आर्थिक समृद्धिका लागि वित्तीय साक्षरताको आवश्यकता रहेको उल्लेख गर्दै सुरक्षित भविष्यका लागि बचत गर्ने बानिको विकास संगै आर्थिक समृद्धिका लागि सहि लगानीको ज्ञान महत्वपूर्ण हुने बताए । कार्यक्रममा वडा अध्यक्ष तोयानाथ सारु थापाले सकारात्मक सोँचसँगै किशोर किशोरी र महिला दिदिबहिनीहरुमा स्वास्थ्यसँगै वित्तीय जानकारी गराउनका लागि कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा डाक्टर दिलिप कार्कीले प्रजनन स्वास्थ्य र कृषि विकास बैंक रामपुर शाखा प्रमुख केशवराज डोटेलले वित्तीय साक्षरता सम्बन्धी सहजिकरण  गरेका थिए । वडा अध्यक्ष थापाको अध्यक्षता, वडा सदस्य स्ुमित्रा बर्मेलीको स्वागत, वडा सचिव सुनिता भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update