Shittalpati
तानसेन–५ मा एकिकृत घुम्ती सेवा शिविर

तानसेन नगरपालिकाले आयोजना गरेको एकिकृत घुम्ती सेवा शिविरमा किसानलाई विउविजन हस्तान्तरण गर्दै तानसेन –५ का वडा अध्यक्ष रामबहादुर रावल । शिविरमा योजना सम्झौता, ब्यवसाय दर्ता/नविकरण, नक्सापास÷घर कायम, जन्म, बसाईसराइँ, मृत्यु, विवाह दर्ता, सामाजिक सुरक्षा सम्बन्धी सेवा, नागरिकता सिफारिस, जेष्ठ नागरिक परिचयपत्र, अपाङ्गता परिचय पत्र वितरण, विरामी पशुपंक्षीहरुको उपचार, पशु बन्ध्याकरण,पशुजन्य औषधि वितरण, गोवर परीक्षण, पशुहरुमा रेविजविरुद्धको खोप, उन्नतजातको विउ विजन वितरण, विभिन्न अनुदानका सूचना माग गर्ने, कृषक समूह दर्ता/नविकरण, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती परीक्षण, क्षयरोग परीक्षण, सुगर, प्रेसर परीक्षण लगायतका सेवा प्रदान गरिएको छ । नगरपालिकाले गत आइतबारदेखि नगरभित्रका वडामा एकिकृत घुम्ती शिविर सञ्चालन गरेको छ । नगरपालिकाबाट हुने सेवाहरु लिन केन्द्रमा पुग्न नागरिकलाई झन्झटिलो हुनुको साथै समय र खर्चिलो हुने हुँदा वडामै पुगेर सबै सेवाहरु एकै ठाउँबाट प्रवाह गर्न थालिएको वडा अध्यक्ष रावलले बताए । तस्वीर : मनिषा आले/ शितलपाटी डटकम

​​​​​​

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update