ठक्कर खाईयो
बिमला पाण्डे
तिमी त्यो पात्र हौँ
जो बाहिर हाँसेर भित्र रूदैँ छ,
बिहान उठेपछि मुहार पीडाले धुदैँ छ ।
न आतिनु तिमी,
थोरै थोरैले नै धेरै रूप लिन्छ हो,
आटेर लाग तिमी भाग्यले पनि साथ दिन्छ हो ॥
के भो
जिवन हार जित्तको खेल न हो,
तिमी कहिले हारदैनौँ नयाँ अनुभव बटुल्छौँ,
तिमी कहिले जित्दैनौँ नयाँ मौका पाउँछौ ।
थाहाँ छ !
तिमी सक्दो गरिराछौ,
सफलता खोल्दा ठक्करले मरिराछौँ ॥
आशा राख न,
भेलि नयाँ किरणसगँ उज्यालो हुनेछ,
लम्किएका पाइला यता उता ढगमाउन्न नदिनु,
बा आमाको उमेर ढल्कदै छ यो कुरा मनमा लिनु ।
लाग तिमी लाग,
जाग तिमी जाग,
आफूलाई बिर्सेर अरूसँग नभाग,
आफुलाई कहिले अरूसँग नदाज् ॥
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्