Shittalpati
वास्तुशास्त्रमा राशिअनुसार रंङ्गको प्रयोग !

✍️ज्योतिष मुकुन्द पोखरेल 
घरमा घरमूली, कार्यालयमा कार्यकारी प्रमुख  वा शेयर सहभागी सदस्यहरूको राशिअनुसार रङ्गको छनौट गर्न सकिन्छ। निवासस्थान, प्रमुखद्वार, बैठककोठा आदिमा वास्तुशास्त्रअनुसार विचार पुऱ्याएर रङ्ग लगाउँदा कार्यमा सफलता, काममा उत्साह र उमङ्ग बढ्दछ ।

मेष र वृश्चिक स् यी राशिको स्वामी मंगल भएको हुनाले मंगल ग्रहको रङ्ग रातो, मिश्रित, गुलावी, सिलवर, हल्का फुस्रो हुन्छ र यस्ता रङ्ग शुभदायक रहन्छन् । कार्य व्यवसाय र प्रमुख व्यक्तिको राशिअनुसार यो रङ्गको प्रयोग गर्न सकिन्छ ।

वृष र तुला स् यी राशिको स्वामी ग्रह शुक्र हो। शुक्र ग्रहको रङ्ग भनेको सेतो, उज्यालो, घिउ, खैरो, फुस्रो, सिलवर र हल्का सेतो हो । व्यवसाय, कार्य र प्रमुख व्यक्तिको राशिअनुसार यो रङ्गको प्रयोग गर्न सकिन्छ । स्फटिकरङ्ग शुभ हुन्छ ।

मिथुन र कन्या स् यी राशिको स्वामी बुध ग्रह हो । बुधको रङ्ग हरियो, खैरो, पहेँलो, गाढा हरियो र दुबो रङ्ग लगाएमा कार्यालय, घर, वाहनले सफलता प्रदान गर्दछ । मिश्रित कार्य, व्यपार, व्यवसाय र राशिअनुसार यो रङ्ग शुभ रहन्छ ।

कर्कट स् कर्कट राशिको स्वामी चन्द्रमा हो। चन्द्रमाको रङ्ग सेतो, दुधिलो, फिका सेतो मानिन्छ । कार्य व्यवसाय, राशिअनुसार रङ्गको प्रयोग गरी सुख, शान्ति, सफलता प्राप्त गर्न सकिन्छ ।

सिंह स् सिंह राशिको स्वामी सूर्य हो। सूर्यको रङ्ग रातो, सप्तरङ्गी, गुलावी मानिन्छ । कार्य, व्यवसाय, राशिअनुसार यो रङ्गको प्रयोग गरी सबै क्षेत्रमा सफलता प्राप्त गर्न सकिन्छ ।

धनु र मीन स् यी राशिको स्वामी बृहस्पति हो । बृहस्पतिको रङ्ग सुनौलो, पहेँलो, सुँगारङ्ग र गाढा पहेँलो, बेसारे, केशरिया तथा मिश्रित मानिन्छ। कार्य, व्यवसाय र राशिअनुसार यो रङ्गको प्रयोग गरी उन्नति, प्रगति प्राप्त गर्न सकिन्छ ।

मकर र कुम्भ स् यी राशिको स्वामी शनि हो । शनिको रङ्ग भनेको आकाशे, गाढा नीलो, हल्का नीलो, कालो, मिश्रित टाटेपाटे, छिर्केमिर्के, धर्के, हल्का ध्वाँसे मानिन्छ । यो व्यवसाय, कार्य, राशिअनुसार प्रयोग गरी सफलता प्राप्त गर्न सकिन्छ । 

शैक्षिक संस्था स्कूल, कलेज, शैक्षिक परामर्श केन्द्रआदिमा सेतो र क्रिम रङ्ग शुभ हुन्छ भने हस्पिटल तथा स्वास्थ्य सेवाकेन्द्रहरूमा हल्का नीलो, हरियो, उज्यालो र मिश्रित रङ्ग शुभ हुन्छ । घरमा लगाउने रङ्ग भने हल्का सुनौलो, हरियो, मिश्रित रंग शुभ हुन्छ । गेटमा कालो रंग लगाउनुहुँदैन । वास्तुसम्मत र सम्पूर्ण प्राकृतिक सिद्धान्तलाई आत्मसात गरी रङ्ग लगाउने हो भने सुख, शान्ति, समृद्धि प्राप्त गर्न सकिन्छ । व्यवसायिक उन्नतिका लागि कार्पेट  वास्तुलाई अनुशरण र उद्योग व्यवसायमा समुचित रङ्गको प्रयोगले प्रगति बढ्‌दै जाँदा राष्ट्रिय उन्नतिमा सफलताको शिखरमा पुऱ्याउन सहयोग गर्दछ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update