रवि लामिछाने समर्थक र प्रहरीबीच झडप
पोखरा, सहकारी ठगी, संगठित अपराधको कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछाने समर्थक र प्रहरीबिच झडप भएको छ । मंगलबार पोखरामा लामिछाने समर्थकले गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएको हो ।
लामिछानेमाथि थप अनुसन्धानका लागि प्रहरीले कास्की अदालत लैजाँदै गर्दा उनका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेका प्रदर्शनकारीलाई अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले ७ जना प्रदर्शनकारी रास्वपा कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्