Shittalpati
मैत्रीः बोध !

– पुरन बहादुर शाक्य
तानसेन–३, पाल्पा  

जन्म लियौ लुम्बिनी उद्यान, शान्ति मार्ग खोज्यौ !
जन्जाल त्यागी ध्यान ज्ञान, मध्यम मार्ग रोज्यौ !!
दुःख स्वभाव जड हो तृष्णा, दुःख निरोध निदान !
दुःख हरण् सुख बाडयौ, आफु  जगत कल्याण् !!

यहाँ सब्ब कुरा क्षणिक छन्, सबै दुःखकारी छन् !
सुख पलभर सब्ब कुरा, लोभ तृष्णा हेतु बन्दछन् !!
सब्ब लोभ तृष्णा क्रोध, नाश भए दुःख हट्दछ !
‘म’ र ‘मेरो’ ईष्या मनै हटाए, सत्य निर्वाण मिल्दछ!!

यहाँ मार्ग धेरै छ ती मध्ये, श्रेष्ठ अष्टाङ्गिक मार्ग  !
सत्यहरु मध्ये चार वटा छन्, चतुर्य आर्य–सत्य  !! 
यहाँ समस्त धर्म मध्येमा, बैराग्य बन्दछ उत्तम् !
प्राणीहरु मध्ये ज्ञानी, मैत्रीः बोध बुद्ध समुत्तम् !!

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update