Shittalpati
आज विश्व स्वतन्त्रता दिवस

पाल्पा, आज विश्व स्वतन्त्र दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन यो दिवस मनाउने गरिएको हो ।

संयुक्त राज्य अमेरिकामा विश्व स्वतन्त्रता दिवस मनाइने गर्दछ । अमेरिकाका पूर्व राष्ट्रपती जर्ज डब्ल्यु बुशले जर्मनीको वर्लिनमा रहेको पूर्वी र पश्चिमी वर्लिनलाई विभाजन गर्ने पर्खाललाई फुटाएको र मध्य र पूर्वी युरोपमा कम्युनिस्ट शासनको औपचारिक अन्त्य भएको उपलक्ष्यमा सोही दिन अर्थात् नोभेम्बर ९ तारिखका दिन विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् । सन् २००१ मा जर्ज डब्ल्यु वुशले विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका थिए । विश्वमा पूजिँवादको अत्यन्त जोडदार प्रवर्तक राष्ट्र अमेरिकामा आजको दिन युवा विद्यार्थीहरू अनि रिपब्लिकन पार्टीका युवाहरूले विभिन्न कार्यक्रमको आयोजना गरेर स्वतन्त्रता दिवस मनाउने गर्दछन् । विश्वमा शित यूद्धको अन्त्य गर्दै सोभियत युनियनलाई धराशायी पार्न ठुलो भूमिका निर्वाह गर्ने अमेरिकी पूर्व राष्ट्रप्रमुख रोनाल्ड रेगनको पनि आजको दिन अमेरिकामा चर्चा हुने गर्दछ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update