Shittalpati
आज महागुरु फाल्गुनन्द जयन्ती

पाल्पा, राष्ट्रिय विभूति तथा किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १ सय ४० औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । किरात धर्मावलम्बीहरूले यो जयन्ती विशेष गरी कोशी प्रदेशका जिल्लाहरूमा मनाउने गरेको पाइन्छ ।

यद्यपि अन्य समुदायमा पनि फाल्गुनन्दप्रतिको उत्तिकै श्रद्धा र आस्थाका साथ उनको जन्म जयन्ती मनाइन्छ । वि.सं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थिए । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको निधन वि.सं २००५ मा भएको हो । किराँत समाज सुधारमा उनले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update