Shittalpati
दुई वर्षपछि भैरहवामा रौनक 

भैरहवा, भैरहवा विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि रौनक छाएको छ । एकै पटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान थालेपछि यहाँ रौनकता छाएको हो ।

शनिबार मात्र तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गरेका छन् । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा एकै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान गरेका हुन् । शनिबार कुवेतको जजिरा एयरवेजले उडानको सुरुवात गरेको छ । विमानस्थल सञ्चालनपछि पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको रुपमा व्यवसायिक उडान थालेर प्राविधिक कारण देखाउँदै उडान स्थागित गरेको जजिराले पुनः कुवेत–भैरहवा सिधा उडान सुरु गरेको छ । शनिवार बिहान ७ः४० बजे एक सय ७१ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको जजिराले १ सय ६८ यात्रु लिएर कुवेत प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए । उनका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)को फ्लाई दुबईले पनि उडानको सुरुवात गरेको छ । शनिवार दिउँसो २ः३५ बजे १५९यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको फ्लाई दुबई १५९ मध्ये १० जना भैरहवाओर्लिएको र पुन बाँकी १४९ यात्रुसहित भैरहवाबाट काठमाडौं प्रस्थान गरेको रत्यहाँबाट दुबई जाने तालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलमाअवतरण भएका उडानलाई पानीको फोहोराले स्वागत गरिएको थियो । यसअघि थाइल्याण्डको वायुसेवा कम्पनी थाइ एयर एशियाले नियमित उडान सुरु गरिसकेको छ भने शनिवार एकै दिन जजिरासहित नेपाल एयरलाइन्स र फ्लाई दुबाईले उडान गरेको जनाइएको छ । 

शनिवार रातिदेखि नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई–काठमडौं सातामा चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार उडान गर्ने तालिका रहेको सूचना अधिकारी राउतले बताए । त्यस्तै संयुक्त अरब इमिरेट्स (युएई) फ्लाई दुबईले शनिवार मध्यान्हदेखि साताको सातै दिन दुबई–भैरहवा–काठमाडौं–दुबई एक उडान गर्ने छ । नेपाल एयरलाइन्ससहित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले उडान भर्न थालेपछि स्थानीय सरोकारवाला हौसिएका छन् । नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन थालेपछि यहाँको पर्यटन क्षेत्रमा फड्को मार्ने धेरैले विश्वास लिएका छन् । यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको संख्या चार पुगेको छ । साथै थाई एयर एसियाले शुक्रबार दोस्रोपटक भैरहवाबाट बैंकक उडान सञ्चालन गरेको थियो । उसले कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको होे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम शुक्रबार रातिदेखि सुरु भएकाले गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन थालेको हो । नेपाल नागरिक उडान प्राधिकरणले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिना विमानस्थल विस्तार गर्न लागेको हो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update