Shittalpati
नेप्से निरन्तर उकालो यात्रामा

पाल्पा, सेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर उकालो यात्रामा रहेको छ । आइतबार ६२ दशमलव ५४ अंकले उकालो लागेको नेप्से सोमबार पनि  उकालै यात्रामा रहेको हो ।

साताको दोस्रो दिन नेप्से २२ दशमलव १४ अंकले बढेको छ । योसँगै नेप्से २ हजार ७ सय ६० दशमलव २१ विन्दुमा बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ८० प्रतिशतले बढेको हो । सो अवधिमा १ सय ४३ कम्पनीको सेयर मूल्य बढ्यो भने ९२ कम्पनीको सेयर मूल्य घट्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

१ लाख १३ हजार ९ सय ६४ पटकको सेयर किनबेचबाट २ करोड ४५ लाख ५७ हजार १ सय ५३ कित्ता सेयर किनबेच भए । सोही अवधिमा ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल ५ उपसमूहको सेयर मूल्य घट्यो भने ८ उपसमूहको मूल्य बढ्यो । घट्ने उपसमूहहरुमा निर्जीवन बिमा, फाइनान्स, विकास बैंक, होटल तथा पर्यटन र हाइड्रोपावर रहे । बढ्ने उपसमूहहरुमा जिवन बिमा, लघुवित्त व्यापार र बैंकिङ रहे ।

८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, सिर्जनशील लघुवित्त, माछापुच्छ्रे बैंक, कुथेली बुकरी स्मल हाइड्रोपावर र सीवाईसी लघुवित्तको मूल्य १० प्रतिशत बढेको हो । गुडविल फाइनान्सको ९.८ तथा नारायणी विकास बैंकको ९.६ प्रतिशत मूल्य बढ्यो । इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । समृद्धि फाइनान्सको ९.७, सानिमा जीआईसी इन्स्योरेन्सको ४.१ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा साहस ऊर्जा, हिमालयन रिइन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र समृद्धि फाइनान्स क्रमशः अगाडि रहे ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update