पाल्पा, हरिबोधिनी एकादशीको अवसरमा रामपुर नगरपालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै विदा दिएको जनाएको हो ।
हरिबोधिनी एकादशीलाई यस क्षेत्रमा धार्मिक उत्सवको रुपमा मनाउने भएकाले नगर कार्यपालिकाको निर्णय अनुसार विदा दिने निर्णय गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जानकारी दिए । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले निर्णय गरी विदा दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले सूचना जारी गर्दै नगरपालिका मातहतका सम्पूर्ण सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी र शैक्षिक संस्था लगायतका कार्यालयमा विदा दिईएको जानकारी गराए । कालिगण्डकी नदी किनारका विभिन्न स्थानमा हरिबोधिनी एकादशीको अवसरमा मेला लाग्दै आएको छ । नगरपालिकाले विगतका वर्षहरुमा पनि हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक विदा दिएको थियो । ठूलो एकादशीको रुपमा लिईने हरिबोधिनी एकादशीको अवसरमा कालीनदी किनार अन्तर्गत रामपुर नगरपालिकाको केलादी घाट, रामघाट, कोप्चेघाट, तातोपानी, बर्दले, स्याउली बजार लगाएतका विभिन्न स्थानमा मेला भर्न तथा स्नानका लागि भक्तजनहरु पुग्ने गर्दछन् ।