पाल्पा, आज विश्व निमोनिया दिवस मनाइँदैछ । निमोनियाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सन् २००९ देखि नोभेम्बर १२ तारिकका दिन यो दिवस मनाउन सुरु गरिएको हो ।
निमोनिया फोक्सोको संक्रमणबाट हुने रोग हो । जसमा फोक्सोका कोषहरु सुनिन्छन र स्वास प्रश्वासमा समस्या आउने गर्दछ । नेपालमा बाल मृत्युदर बढाउने प्रमुख रोगका रुपमा देखिएको निमोनिया भाइरस फङगस वा व्याक्टेरियाको जुनसुकै संक्रमणबाट पनि हुन सक्छ । निमोनियाले सबै उमेर समुहका व्यक्तिलाई असर गरेपनि विशेषगरि बालबालिका र ज्येष्ठ नागरिकलाई बढी असर गर्ने गरेको छ । पाँच वर्षका मुनिका बच्चालाई बढि देखिने यो रोगले दुई वर्ष मुनिका बच्चाहरुलाई बढी सताउने गरेको पाइन्छ । यो चिसो मौसममा बढी हुने गर्दछ । चिसो मौसममा मानिसलाई सामान्य रुघाखोकी लाग्छ । तर, सामान्य रुघाखोकी ठानेर हेलचेक्य्राइँ गर्दा रुघाखोकी बिग्रिएर निमोनिया हुने गर्दछ । जुनसुकै कारणले भए पनि निमोनियाको संक्रमण भएपछि फोक्सोको हावा थैलीहरुमा इन्फ्लेमेशन (सुन्निने) हुन्छ । यसरी निमोनिया संक्रमण भएर त्यस्ता हावा थैलीहरु सुन्निन थालेपछि बेलैमा उपचार भएन भने त्यहाँ पानी वा पीपहरु भरिन थाल्छ ।
निमोनियाको रोकथाम र उपचारमा विशेष ध्यान पुर्याउन विश्व स्वास्थ्य स·ठन डब्ल्यूएचओले हरेक वर्ष आग्रह गर्दै आएको छ । यसको न्यूनीकरणका लागि निमोनियाविरुद्धको खोपसहित अरु रोकथामका सुरक्षा अपनाउन आवश्यक छ । निमोनियाबारे जनचेतना बढाउन सन् २००९ देखि हरेक वर्षको नोभेम्बर १२ तारिखमा यो दिवस मनाउन थालिएको हो । बिरामीको अवस्थाअनुसार उपचार हुने भएकाले लक्षणहरू देखिनासाथ अस्पताल जान डाक्टरको सल्लाह छ । नेपालमा बढ्दो धुवाँधुलोका कारण निमोनियाका बिरामी बढ्दै गएको चिकित्सिक बताउँछन् । खोकी लाग्ने, बच्चाहरुले छिटोछिटो सास फेर्ने, श्वासप्रश्वासमा समस्या, छाति तथा कोखा दुख्ने निमोनियाका लक्षणहरु हुन् । रुघाखोकी बिग्रेर निमोनिया लाग्ने सम्भावना बढी हुने, तथा पोषणको अभाव, वातावरणीय प्रदुषणका कारण नेपालमा निमोनिया हुने गरेको चिकित्सकहरुको भनाई छ । बालबालिकालाई जन्मेदेखि ६ महिनासम्म स्तनपान गराउने, पोषिलो खानेकुरा खावाउने, धूवाँधुलोबाट सुरक्षित राख्ने हो भने निमोनियाबाट बचाउन सकिने चिकित्सिको भनाई छ । त्यसका साथै निमोनियबाट बचाउन सफासँग हात धुने, निमोकोकल र इन्फ्लुएन्जा खोपको समेत प्रयोग गर्न सकिने चिकित्सकहरु सुझाव छ । साथै सरकारले बालबालिकालाई दिन सुझाएका सबै खोपहरु दिन चिकित्सकहरुले आग्रह गर्ने गरेका छन् ।