Shittalpati
रविलाई भैरहवा ल्याइयो

भैरहवा, पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलनको विषयमा अनुसन्धान गर्न भैरहवा ल्याइएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई केही आज भैरहवा ल्याइएको हो । पोखराबाट बुद्ध एयरको पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी भए पनि पोखराको मौसम खराब भएकाले उडानमा ढिलाइ भएको थियो । पोखराबाट १२ बजे उडेको जहाज भैरहवामा १२ बजेर २८ मिनेट जाँदा अवतरण गरेको थियो । रुपन्देही प्रहरीका अनुसार लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालय लगि बयान लिन सुरु गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update