पाल्पा, गुुल्मीको इस्मा गाउँपालिका –२ रातडाँडाका २६ वर्षीय सागर रायमाझीको दुवै मिर्गौलाले काम गर्दैन । गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनले काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार गराउँदै आएका छन् ।
अहिलेसम्म उपचारमा २० लाख बढी खर्च भइसकेको छ । मिर्गौला प्रत्यारोपणका लागि अझै २० देखि २२ लाखसम्म खर्च लाग्ने चिकित्सकले बताएपछि रायमाझीले सबैसँग सहयोगको याचना गरेका छन् । ‘मिर्गौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक पर्छ, घरको आर्थिक अवस्था नाजुक छ’, उनले भने, ‘सबैले सहयोग गरिदिए म बाँच्न चाहन छुु ।’ बिरामी भएर उपचार गर्दा दुवै मिर्गौलाले काम गर्न छाडेको पत्ता लागेको थियो । हाल उनले हप्ताको तीन दिन डायलासिस गर्नुपर्छ । ‘८/९ महिना भयो काठमाडौंमा बसेर उपचार गराउनुु परेको छ, पैसा छैन, कसरी उपचार गर्नु’, रायमाझीले भने, ‘सबैको थोरै–थोरै सहयोगले उपचारका लागि खर्च जुटे म बाँच्थे ।’ घरको आर्थिक अवस्था कमजोर भएकै कारण सानो उमेरमा विदेशीएका रायमाझी दुुवै मृगौला फेल भएपछि अहिले उपचारका लागि अस्पतालको बेडमा छट्पट्याउँदै सहयोगको अपिल गर्दै आएका छन् । उनकी आमा विष्णुु रायमाझी घरको साहारा बनेको छोरा नै रोगसँग लडिरहँदा उपचारका लागि आर्थिक अभावमा तड्पिरहेकी छन् ।
अहिले छोराको उपचारका लागि सबैसँग सहयोगको याचना गरिएको उनले बताइन् । ‘श्रीमान ५ वर्षअघि दुर्घटनामा परी गम्भीर घाइते भई अहिलेसम्म विस्तारामै हुनुुहुुन्छ,’ रायमाझीले भनिन्, ‘अब जीवनको सहारा भनेकै यही एउटा छोरा हो । यो पनि बिरामी भएपछि उपचार गर्ने पैसा छैन ।’ उनले छोराको उपचारका लागि खर्च जुटेमा आफ्नो मृगौला प्रत्यारोपण गरिदिने बताइन् । ‘म मेरो मृगौला प्रत्यारोपण गरेर भए पनि छोरालाई बचाउन चाहन्छु ।’ रायमाझीले भनिन्, ‘सबैले सहयोग गरिदिए छोरा बाच्ने थियो ।’ मिर्गौलापीडित रायमाझीको उपचारका लागि उनकी आमा विष्णुु रायमाझीको नाममा ग्लोवल आइएमई बैंकमा (खाता नं ०७००७०१००११८३३) खाता खोलिएको छ ।