Shittalpati
आज विश्व मधुमेह दिवस मनाइँदै

पाल्पा, आज विश्व मधुमेह दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आÞवानमा सन् १९९१ देखि हरेक बर्ष नोभेम्वर १४ का दिन यो दिवस मनाउन थालिएको हो  ।

 मधुमेह अर्थात् डायबिटिजको समस्या पछिल्लो पटक सामान्य जस्तै हुन थालेको छ  । जुनसुकै उमेर समूहका व्यक्तिमा पनि यो समस्या देखिने सम्भावना रहने चिकित्सक बताउँछन्  । नियन्त्रणमा राख्न सके यो समस्या जति सामान्य हो अनियन्त्रित हुँदा त्यति नै घातक पनि हुन्छ । रगतमा ग्लुकोजको मात्रा निर्धारितस्तर भन्दा बढी हुँदा मधुमेह रोग हुने गर्छ । यो रोग लाग्दा शरीरमा आवश्यकताभन्दा कम इन्सुलिन बन्न थाल्छ । यसले गर्दा ग्लुकोज समुचित रूपले डढेर ऊर्जामा परिवर्तन हुन पाउँदैन र त्यही कारण रगतमा ग्लुकोजको मात्रा बढ्छ । चिकित्सकहरूका अनुसार अव्यवस्थित जीवनशैलीदेखि वंशाणुगतसम्मका कारणले मधुमेह हुन सक्दछ । मधुमेह नियन्त्रणमा राख्न नसके मिर्गौला, मुटुलगायतका अ·लाई असर पार्न सक्छ । यो रोग लाग्न नदिन र लागिसकेपछि पनि सुरक्षित जीवन बिताउन नियमित व्यायाम, सन्तुलित आहार विहार र व्यवस्थित जीवनशैली अपनाउनुपर्ने चिकित्सक बताउँछन्  । मधुमेहका कारण स्वास्थ्यमा अनेक समस्या आउन सक्ने भएकाले समयमै सतर्कता अपनाउन जरुरी छ  । यसका लागि वर्षमा कम्तीमा १ पटक स्वास्थ्य परीक्षण गराउनै पर्ने चिकित्सक बताउँछन्  । 

मधुमेहसम्बन्धी जनचेतना फैलाउने, रोकथामका उपायबारे कुरा गर्ने, मधुमेहबाट हुन सक्ने खतराबाट जोगिन गर्नुपर्ने सावधानीसम्बन्धी जनचेतना फैलाउने, मधुमेह लाग्नबाट गर्नुपर्ने उचित बानी–व्यवहार, खानपान आदि कुराको विश्वव्यापी रूपमा जानकारी दिनु नै यो दिवसको मुख्य उद्देश्य हो । नेपालमा करीब १० लाख मानिस मधुमेह रोगबाट प्रताडित रहेको अनुमान गरिएको छ । दैनिक खानपानमा ध्यान दिने, नियमित ब्यायाम गर्ने, तनावमुक्त जीवनशैली अपनाउँदा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ । खानामा कार्वोहाइडेटको मात्रा बढी, चिल्लो र गुलियो पदार्थ बढी हुँदा पनि मधुमेहको सम्भावना अधिक हुने चिकित्सकहरुले जनाएका छन्  । त्यस्तै कुकुर पालेर योसंग खेल्ने र दौडिने अभ्यास गर्दा पनि फाईदा हुने सुझाव विज्ञहरुको छ  ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update