Shittalpati
अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै

पाल्पा, आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस विभिन्न कार्यक्रम मनाइँदै छ । प्रत्येक वर्ष आजकै दिन युनेस्कोद्वारा विभिन्न सम्मेलन र समारोहहरूको आयोजना हुने गर्दछ । 

१९९६ मा, संयुक्त राष्ट्र महासभाले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई १६ नोभेम्बरमा सहिष्णुताको लागि अन्तर्राष्ट्रिय दिवस मनाउन आमन्त्रित गरेको हो । त्यसपछि हरेक वर्ष १६ नोभेम्बरमा यस दिवस मनाउने गरिन्छ । ९० को दशकमा अफ्रिका, बाल्कन र काकेशसमा जातीय र सांस्कृतिक द्वन्द्वको परिप्रेक्ष्यमा रुवान्डा र बोस्नियाली नरसंहार भएको थियो । नरसंहार का पीडित परिवारहरूले, ‘द्वन्द्व रोकथाम, मानव अधिकारको प्रवद्र्धनको हितमा विश्वका सबै मानिसहरूमा सहिष्णुता र शान्तिको मूल्यहरूलाई प्रोत्साहित गर्नुहोस्’ भनेर दिएको सुझावको सम्मानमा सहिष्णुता दिवसको सुरुवात भएको हो ।

अन्तर्राष्ट्रिय सहनशीलता दिवस युनेस्को द्वारा घोषित एक दिवस हो जसले विश्वभरि असहमति, असमझदारी र असहनशील भएपछिको खतराहरूको बारेमा जन जागरूकता फैलाउने काम गर्दछ । आजको दिन सहनशीलता र अहिंसाको प्रवद्र्धनको बारेमा गम्भीरता पूर्वक छलफल हुने गर्दछ । मानव समुदायलाई एकताको शुत्रमा बाँध्न बढ्दै गएको असहिष्ण व्यवहार र गहिरो बन्दै गएको सामुदायिक अशान्तिका मुद्दालाई यो दिवसले कम गर्ने सन्देश दिन्छ । मानवीय त्रुटि र जटिलताबाट मुक्ति मिली शान्तिको लागि सहनशीलताको मुख्य भूमिका रहन्छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update