पाल्पा, १३औं राष्ट्रिय कर दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । मूल्य अभिवृद्धि कर लागू भएको दिन मंसिर १ गतेलाई हरेक वर्ष राष्ट्रिय कर दिवसका रुपमा मनाउने गरिएको छ । २०५४ साल मंसिर १ गतेदेखि मूल्य अभिवृद्धि कर भ्याट लागू भएपछि आर्थिक वर्ष २०६९/२०७० देखि राष्ट्रिय कर दिवस मनाउन लागिएको हो ।
‘कर प्रणालीको सार: लगानीको आधार’ भन्ने नाराका साथ आजदेखि पाल्पामा पनि सप्ताहव्यापीरूपमा राष्ट्रिय कर दिवस मनाउन लागिएको करदाता सेवा कार्यालय पाल्पाका प्रमुुख सन्तोष सुुवेदीले जानकारी दिए । दिवसका अवसरमा एक सातासम्म करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गरिने र मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मानित गरिने उनले बताए । कर अधिकृत सुुवेदीले करदातामा सन्देश जारी गर्दै रोजगारीबाट आयआर्जन गर्ने व्यक्तिले अनिवार्य रुपमा पि पान लिएर मात्र रोजगारीमा संलग्न हुनुुपर्ने, स्थायी लेखा वि पान लिएर मात्र व्यवसायिक कारोवार गर्न,वस्तु तथा सेवा खरीद गर्दा अनिवार्य रुपमा बिल लिने र दिने बानी बसाल्न, १० करोड माथिको कारोबार हुनेले अनिवार्य विद्युतीय बिजक जारी गर्ने र रु २५ करोड माथि कारोबार हुने करदाता अनिवार्य सिविएमएसमा जान, ज्याला वा तलव भुक्तानी गर्दा पान लिएको व्यक्तिलाई मात्र भुक्तानी गर्ने र मासिक २५ हजार भन्दा बढिको ज्याला÷ तलव भुक्तानी नगद मार्फत नगर्न करदाताहरुलाई आग्रह गरेका छन् । नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दै २०६९ सालदेखि हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउन लागिएको हो । २०५४ मङ्सिर १ गते नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको थियो ।