Shittalpati
डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब प्रति लिटर कति ?

पाल्पा, नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले मंसिर १ गतेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।

 इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.३२ र डिजेलमा रु २.५४ ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ । मूल्य समायोजनसँगै  निगमले डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा तोकेको छ । यसअघि एक सय ४७ रुपैंया ५० पैसा रहेको थियो । दोस्रो वर्गका लागि एक सय ५२ रुपैयाँ पर्ने छ । यहाँ पनि यस अघि एक सय ४९ रुपैयाँ थियो । यस्तै तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ । यस अघि एक सय ५० रुपैंया रहेको थियो ।

निगमले पहिलो वर्ग अन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ तथा काठमाडौं, पोखरा र दिपायस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update