पाल्पा, नेपाली काँग्रेसका पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले एक शोक वक्तव्य जारी गर्दैै ढुंगानाको निधनको खवरले पाल्पा काँग्रेसलाई स्तब्ध बनाएको भन्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । सभापति श्रेष्ठले भनेका छन्,’ पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको खवरले नेपाली काँंग्रेस जिल्ला कार्यसमिति पाल्पा शोक स्तब्ध भएको छ ।
नेपालको लोकतन्त्र, मानवअधिकार र न्याय क्षेत्रमा उहाँको योगदान महत्वपूर्ण थियो । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दर्छौ ।’ नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका कानुन, न्याय, राजनीति, मानवअधिकार क्षेत्रका मुर्धन्य हस्ती पूर्व सभामुख, वरिष्ठ अधिवक्ता ढुंगानाको निधनले सिंगो देशलाई नै क्षति पुगेको सभापति श्रेष्ठले उल्लेख गरेका छन् ।
ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार दिउँसो १ः३० बजे निधन भएको थियो । मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए ।