Shittalpati
भण्डारी समाज नेपालको केन्द्रीय सदस्यमा पाल्पाका शंकर निर्वाचित

पाल्पा, सामाजिक, राजनीतिक व्यक्तित्व तथा युवा नेता शंकर भण्डारी धनञ्जय गोत्रीय भण्डारी समाज नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नवलपरासीको गैंडाकोटमा भएको समाजको चौंथो राष्ट्रिय महाधिवेशन तथा नवौं साधारण सभाले पाल्पाका भण्डारीलाई केन्द्रीय सदस्यमा निर्वाचित  गरेको हो ।

 गाउँ–जिल्लातहदेखि केन्द्रसम्म नै भण्डारी बन्धुहरुलाई एकवद्ध बनाई उनीहरुको सुख, दुखमा महत्वपूर्ण भूमिका खेल्दै आएकै कारण भण्डारी केन्द्रीय सदस्यमा पुग्न सफल भएका हुन् । जिल्लामा एक असल सामाजिक र राजनीतिक छवि बनाएका उनी समाजको केन्द्रीय सदस्यमा निर्वाचित  भएसँगै शितलपार्टी डटकमसँगको कुराकानीमा भण्डारी बन्धुहरुलाई थप संगठित र एकिकृत बनाएर लैजाने दिशामा आफु कटिवद्ध भएर लाग्ने बताएका छन् । उनले भण्डारी समाज कुनै राजनीतिक संगठन नभई विशुद्ध पारिवारिक बन्धुहरुको संगठन भएको उल्लेख गर्दै देशभर छरिएर रहेका बन्धुहरुलाई एक शुत्रमा ल्याउने र बन्धुत्वको भावना समाजमा फैलाउन आफुहरु क्रियाशिल भएर लाग्नेमा जोड दिए । भण्डारीले भने ‘भण्डारी बन्धुहरु देशका विभिन्न ओहोदामा हुनुहुन्छ र कोही मुलुक परिवर्तनका लागि महत्वपूर्ण योगदान दिएका व्यक्तिहरु हुनुहुन्छ तर हामीले उहाँहरुको पहिचान गर्न सकिरहेका छैनौं, अब हाम्रो प्रयास ति बन्धूहरुको पनि खोजी गर्नु हो ।’ उनले भण्डारीको खोजीसँगै धनञ्जय गोत्रीय भएका अन्य थरका मानिसहरुलाई समेत समेटेर संगठन बनाउने योजनामा आफु लाग्ने समेत बताए । भण्डारीले भने‘देशभर रहेका ५१ थरका ४० प्रतिशत मानिसहरु धनञ्जय गोत्रीयका हुनुहुन्छ, उहाँलाई पनि एक ठाउँमा ल्याई सांस्कृतिक, सामाजिक र नैतिकवान बनाउने अभियानमा हामी लाग्ने छौैं ।’ 

अधिवेशनको तनुहँबाट निर्वाचित संघीय सांसद शंकर भण्डारीले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दैै प्रमुख अतिथि भण्डारीले देश विकासमा भण्डारी बन्धुहरुको समेत महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । उनले समाज र राष्ट्रलाई असल मार्गमा हिडाउन भण्डारी बन्धुहरु एकवद्ध हुनु पर्नेमा जोड दिए । सांसद भण्डारीले पूर्खले जस्तै समाजमा असल कर्म गरेर देखाउन भण्डारी बन्धुहरुलाई आग्रह समेत गरे ।  हाल देशभर ६ लाख ४६ हजार धनन्जय गोत्रिय भण्डारीहरु रहेको पाइन्छ । उनीहरुको नेतृत्व गर्दै ७ सय भण्डारीहरुले अधिवेशनमा भाग लिएका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update