Shittalpati
अन्तर्वार्ता सत्ता रोहणको लिस्नो त होइन ? 

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारतिय अखबार द हिन्दुमा अन्तर्वार्ता प्रकाशित भएपछि पुनः शीत युद्धको थालनी भएको छ । विशेषतः प्रधानमन्त्री चिन भ्रमणको विषयको उठान नै हो । जब माओवादी अध्यक्ष समेत रहेका दाहालको कुरा बाहिर आएपछि नेकपा एमालेको विदेशी विभाग रघुविर महासेठले खण्डन गर्दै विज्ञप्ति नै निकाले । एमालेले हतार–हतार गरेर विज्ञप्ति जारी गर्नु त भारतसँग सामान्तर सम्बन्ध छ भन्ने देखाउनका लागि मात्र हो । सत्ता स्वार्थका कारण विदेशीको छाया नेपालमा पर्नु हाम्रा लागि नयाँ र नौला विषय भन्ने होइन् । विषेश गरी भारतसँग यस्ता समस्याले जेलिरहेको छ । तीन–तीन पटक प्रधानमन्त्री भएका व्यक्तिले नेपाल भारत सम्बन्ध सिमाना जस्तो महत्वपूर्ण कुरामा राष्ट्र र राष्ट्रियता भन्दा तल ओर्लिएर भारतिय अखबारमा अन्तर्वार्ता दिनु भनेको अत्यन्तै लज्जाजनक भएको मानिन्छ । हुन त जब भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको उदय भयो । त्यस समयमा दाहाल दिल्ली गएका थिए प्रधानमन्त्री कै हैसियतमा  । त्यति बेला काँग्रेससँगको गठबन्धन सरकारलाई नै भारतले निरन्तता दिने कुरा मोदीले सुनाएका थिए । तर नेपालको राजनैतिक उल्टो धारबाट  बग्यो ।  

अमेरिकाको संकेतबाट सत्ता परिवर्तन भयो । सत्ता परिवर्तनको सवालमा भारत नेपालसँग खुसी नै छैन् । ओलीसँग भारत दुई ,तीन कुरामा नराम्रोसँग मन दुखाएका कारण भारत भ्रमणको निम्तो नदिदा ओलीले चिनबाट राजकिय भ्रमणको थालनी गरेको विषय केन्दित भएर ओलीको कुरो भारतलाई लगाउनु भनेको भारतलाई भनेर पुनः आफु प्रधानमन्त्री बन्ने दाउ मात्र हो  दाहलको । हुन पनि नेपाल एउटा स्वतन्त्र राष्ट्र भने पनि यहाँ स्वतन्त्रका साथ राज्य संस्था चलेन । २०४६ सालपछि त झनै हाम्रा नेता त विदेशी दलाल नै बनेका छन् । विदेशीकै इसारामा चलिरहने । पहिले पहिले कम्युनिष्टहरुले नेपाली काँग्रेसलाई भारतिय दलालहरु भन्थे । अहिले आएर भारतिय दलालहरु त कम्युनिष्टहरु नै भएका छन् ।  भारतलाई त के भयो र जसरी भए पनि फाइदा लिनु हो ।

 २०७२ साल पछि हो भारतसँग ओलीको सम्बन्ध चिसिएको । गुप्तचर पकडमा सबै भन्दा बलियो पकड ओलीको नै हो । नेपालमा नयाँ सविधान जन्म भएपछि भारतिय राजनीतिमा ओलीको सम्बन्धमा बादल लाग्यो । त्यसै गरी दाहाल पहिलो पटक सत्ताच्युत हुँदा भारतिय राजनैतिकको प्रभावका कारण भएपछि भारतसँग दुश्मन भन्दा दोस्ती बढी हुनु पर्दो रहेछ भन्ने चेत दाहलमा पुग्यो ।  हुन त जनयुद्धका समयमा भारत मै आश्रय लिएका दाहाल आफु दिल्ली बसेर यहाँ तलका कार्यकर्तालाई भारतसँग लडाइ लडन सुरुङ खन्न लगाउने दाहल नै हुन अहिले भारतसँग निकट भएर सत्ता हात पार्ने नेताहरुमा होडवाजी  चलेको छ । त्यसका लागि काँग्रेसको शेखर कोइराला खेमाले सघाउने पनि सपना देखेका छन् । दाहल सत्ताबाट बाहिरीनुको मुख्य कारण अमेरिका पनि हो । अमेरिकाको साथ र सहयोगका कारण ओलीको पछिल्लो पटक सत्ता रोहण भएको हो । त्यो वातावरण बनाउने भुटानी शरणार्थी काण्डबाट सुनपानीले चोख्याइकी आरजू राणा हुन् । भारतलाई नेपालमा चिनको दवदवा बढ्दा हनहनी ज्वरो आउने भएका कारण ओली कार्ड चिनतर्फ फ्याकिए । रवि लामिछाने शहकारी प्रकरणमा समातिनु पनि कारण अमेरिकाको दवाव हो । अमेरिकी प्रभावमा बनेको गठबन्धनलाई दाहालले ध्वस्त पार्न खोजेका छन् । त्यसलाई शेखर समुहले भित्रबाट मन पराएका छैनन् । हुनत देउवा पनि अमेरिका कै एजेन्ट हुन् । देउवालाई नेपालको राजनैतिक देखी पार्टीबाट समेत देउवाको शक्ति क्षिण गराउन शेखर समुह बल गरेर लाग्नु स्वाभाविक भएका कारण शेखरले दाहाललाई कार्ड फ्याकेको सत्य सावित हुन सक्ने छ । कोइराला परिवारमा शुसिल बाहेक भारतिय राजनैतिकमा सबैको राम्रो प्रभाव छ । भारत स्वतन्त्र हुनुमा विराटनगरका कोइराला परिवारको  योगदान भएका कारण भारतियहरुले यसलाई गुनका रुपमा बुझ्ने गरेका छन् ।  

ओलि चिनको भ्रमणबाट फर्किएपछि सत्ता परिवर्तन हुने लक्षण पनि  हो । राजनीति गर्नेको लागि राष्ट्र र जनताको सेवा भन्दा सत्ता नै ठूलो रहेछ । जनताहरुले सिटामेल नपाएर मर्नु परिरहेको छ भएको बेलामा नेता भने सत्ताकै लागि लुचाचुडी छ । २०७२ सालको भुकम्प पिडीतहरु आकास छानो बनाएर बस्न बाध्य भएका छन् । बाढी पिडीतहरुको पनि त्यस्तै हाल छ । युवाहरु अब देश मै छैनन् भने पनि हुन्छ । त्यसतर्फ तिनीहरुको चिन्ता छैन । चिन्ता छ त सत्ताको खेल अब कसका गोजीमा पर्ने हो । अब सत्ता पनि विदेशी कै इसारामा चल्ने भयो । हुन त ओलीलाई भारतिय राजनैतिक दलका नेताले कहिल्यै मन पराएनन् । उनको पकड सधैव गुप्तचर रअसँग मात्र भयो । त्यसले गर्दा कलापानी, लिपुलेकलाई समेटेर नेपालको नक्शा त बनाए । कायम पनि गराए कागजमा मात्र पाठ्यक्रम पुस्तकमा प्रकाशनका सवालमा रअले संकेत गरेपछि पाठ्यपुस्तकमा प्रकाशन भए पनि सार्वजनिक हुन पाएन । समग्रमा राष्ट्रियताको सवालमा ओली बलियो नै हो । भारत सधैव आफ्नो प्रभावमा राख्न खोजेको राष्ट्र हो ।  २००७ साल अगाडि नै भारतले नेपाललाई आफ्नो प्रभावमा राख्या हो । भारतले यसो गर्नु स्वाभाविक नै हो तर त्यसलाई कुल देउता ठान्ने र मान्ने नै खराब नै हुन । नेपाल भू–परिवेष्ठित मुलुक भएका कारण व्यापार पारवहनका सवालमा लचक हुनु पर्ने बाध्यता अवस्थालाई गलत तरिकाले भारतले उपयोग गरिरहेको छ । यस कारणले पनि चिनसँग व्यापार पारवहनको सवालमा जल मार्गलाई भन्दा स्थल मार्गलाई बढी प्राथमिकता दिनु पर्ने अबको आवश्यकता हो । एमसिसीसँगसगैँ विआर आई पनि कार्यान्वयन हुने हो की ? भन्ने भय भारतलाई छ । पुष्पकमल दाहाल भारतलाई नजिक बनाई चिनलाई टाढा राखेर सत्तामा पुग्ने खेल हो । दाहालको अन्तर्वार्ता सत्तामा जाने लिस्नो बनाउन सक्ने बलियो सम्भावना देखिन्छ तर त्यसो भएमा नेपालका राजनैतिक वातावरण प्रदुषित हुने हो । (लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)  

 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update