Shittalpati
आज विश्व बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

पाल्पा, आज विश्व बालदिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । नेपालमा बालअधिकारको क्षेत्रमा क्रियाशिल सामाजिक संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाउन लागेका हुन् ।

 सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको हुनाले हरेक बर्ष नोभेम्बर २० का दिन विश्व बाल दिवस मनाइन्छ । नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धिलाई सन् १९९० मा हस्ताक्षर गरेको थियो । बाल अधिकार महासन्धि पारित भएपछि बालबालिकाहरूको अधिकार संरक्षणका लागि विश्वव्यापी सुनिश्चितता प्राप्त भएको थियो । नेपालले बाल अधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर आफ्नो प्रतिवद्धता पूरा गरेपनि बाल अधिकारको अवस्थामा भने सोचेजस्तो परिवर्तन देखाउन सकेको छैन । बाल अधिकार सम्बन्धिका अन्य प्रतिबद्धताहरूको समूचित कार्यान्वयन हुन सकेको छैन । बालअधिकार संरक्षण, प्रवद्र्धन र परिपूर्तिको सन्दर्भमा नेपाल सरकारले अधिकारप्राप्त निकायहरुबाट प्राप्त गरेका सिफारिसहरुलाई समयमै कार्यन्वयन गर्न सकेको छैन । बालबालिकाको क्षेत्रमाकाम गर्ने सरकारी तथा गैरसरकारी संस्थालाई दिवसका दिन भ्याइ–नभ्याई नै हुने गरेको छ । तर बालबालिकाको विकास, सहभागिता र बाल अधिकार संरक्षण कागज र नारामै सीमित छ । उचितस्याहार सुसार, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत बाल अधिकार पनि बालबालिकाले पाउनसकेका छैनन् । बाल अधिकार हनन् हुन नदिने तीनै तहका सरकारका योजना कार्यान्वयन नहुँदा बालश्रम कायमै छ । सडक बालबालिकाको उद्धार र पुर्नस्थापना पनि कागजमै सीमित छ ।

बालबालिकामाथि हुने विभिन्न घटना तथा हिंसा अझै पनि उस्तै छन् । सरकारले अहिलेसम्म बालबालिकाको क्षेत्रमा कुनै पनि खास अध्ययन अनुसन्धान गरेको पाईदैन । बरु उसले प्रत्येक वर्ष सार्वजनिक सञ्चार माध्ययममा आएका घटना समेटेर सार्वजनिक गर्दै आइरहेको छ । सरकारी तथ्याड्ढ भन्दा धेरै घटना भने अझै समाजबाट बाहिर आउन सकेका छैनन् । तर पनि सार्वजनिक भएका तथ्याड्ढलाई हेर्दा चिन्ताजनक अवस्था रहेको पाइन्छ । बालश्रम, बलात्कार, मृत्यु, बाल विवाह, हत्या, बेचविखन तथा ओसार–प्रसार, कुपोषण, गर्भपतन, आत्महत्या, अपहरण र शारीरिक सजाय जस्ता बालबालिकासम्बन्धी घटनाहरु हुने गर्दछन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update