Shittalpati
विश्व दर्शनशास्त्र दिवस मनाइँदै

पाल्पा, आज विश्व दर्शनशास्त्र दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । दर्शन र यसको अर्थ, औचित्य र महत्वबोध गर्ने/गराउने ध्येयले लेखिएका दर्शनसम्बन्धि विश्लेषण र संश्लेषणले भरिएका दर्शन–दिग्दर्शनका ज्ञानहरुका शास्त्रहरुको उच्च मूल्याड्ढन, संरक्षण र संरक्षण गर्दै दर्शन र दर्शनशास्त्रको गरिमा र महिमा बोध गर्न–गराउनका लागि आजको दिन यो दिवस मनाउने गरिएको हो । आज ज्ञान, सिद्धान्त, विचार र दर्शनजस्ता महत्वपूर्ण कुराहरुको अवमूल्यन र उपेक्षा हुन गैरहेको र यीनको अध्ययन–अनुसन्धान, चिन्तन–मनन्, लेखन–प्रकाशन र प्रचार–प्रसार समेत घट्दै गइरहेको तथा यिनले मार्गदर्शन गरेका कुराहरुको कार्यान्वयनतर्फ पूर्ण अरुची बढिरहेको आजको यो स्थिति र सन्दर्भमा दर्शनशाश्त्र दिवस तोकिनु, मनाइनु, दर्शन र दर्शनशास्त्रको मर्म–महत्व बोध गर्नु/गराउनु र सो अनुसार जीवनदर्शन बनाई जीवन–व्यवहार सञ्चालन गर्नु अझ बढी जरुरी महत्वको कुरा भएको छ ।

वास्तवमा दर्शन भनेको ज्ञानको आँखा हो, ज्ञान भनेको जीवन सञ्चालन गर्ने, जीवन र जगतलाई सत्मार्गमा लगाउने अर्थात् सत्यम, शिवम, सुन्दरम्को प्रत्याभूति दिने आन्तरिक शक्ति र विज्ञान नै हो । यो नभए मान्छे बाँच्नुको अर्थ र औचित्य नै समाप्त हुन्छ । त्यसैले दर्शन र दर्शनसम्बन्धी ज्ञानले भरिएका शास्त्र–ठेलीको मूल्यमान्यता अत्यधिक हुने हुँदा यो दिवस मनाउनु निकै अर्थपूर्ण छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update